२०८३ भाद्र १२ गते शुक्रवार

चितुवाको आक्रमणबाट ५ जना घाइते

काठमाडौं,असार ३० । काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।

बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका–८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीका विभिन्न ठाउँमा चोट लागेको छ ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *