२०८२ चैत्र १ गते आइतवार

शान्तिनगरलाई पर्यटकीय क्षेत्रको रूपमा बिकास गर्न आवश्यक ः अध्यक्ष बस्नेत

शान्तिनगर,असार २९ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले शान्तिनगर गाउँपालिका वडा न.४ चिराघाट स्थित मनकामना भगवती मन्दिर रहेको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा बिकास गर्नुपर्ने बताएका छन ।

बुधबार उक्त क्षेत्रको अबलोकन गर्दै अध्यक्ष बस्नेतले यस क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउनको लागि आफुले सक्दो सहयोग गर्ने बताए । उनले यसका लागि सबैको सहकार्यको आवश्यक समेत रहेको बताए ।

करिब ३ बिघा क्षेत्रफलमा रहेको उक्त मन्दिर आर्थिक अभावका कारण स्तरउन्नती हुन नसकेको र पर्यटकीय क्षेत्र भएमा यहाँ आन्तरिक र बाहिय पर्यटकहरु आउने मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष मेघराज तिवारीले बताए ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *