तुलसीपुर,असार २९ । तुलसीपुरमा नेपाल पुंजी बजार लगानी कर्ता संघ दाङको तदर्थ समिति गठन गरिएको छ ।
सुर्य प्रसाद शर्माको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
त्यसैगरी सघंको उपाध्यक्षमा डम्मर डाँगी, सचिवमा केशवराज केसी, कोषाध्यक्षमा मनोज केसी, सह–सचिवमा विवेक शर्मा, सह–कोषध्यक्षमा प्रकाश वली, प्रवक्तामा पूर्ण विक्रम डाँगी रहेका छन् ।
त्यसैगरी तालिम निर्देशकमा गणेश अधिकारी, जनसम्पर्क अधिकारीमा वेद प्रसाद भट्टराई रहेका छन् भने प्रेस संयोजकमा मनु शर्मा रहेका छन् ।
तदर्थ समितिले सेयर बजार सम्बन्धि विषयमा विभिन्न गतिविधि सञ्चालन गर्दै पुजी विरोधि गतिविति नीती, नियम आएमा केन्द्रीय समितिसँगको समन्वयमा विरोध जनाउने, अन्तरक्रिया एवं तालिम सञ्चालन गर्ने, सेयर बजार सम्बन्धि जानकारी भएका व्यक्तिबाट अनुभव आदान प्रदान गर्ने भएको छ ।
मंगलबार बिहान तुलसीपुरको ड्रिम्स व्याङकिटमा पुजी बजार लगानी कर्ता संघ प्रदेश १ का संयोजक एवं सेयर विश्लेसक सुवासचन्द्र भट्टराईको प्रमुख आतिथ्यतामा तदर्थ समिति गठन गरिएको हो ।
साथै तदर्थ समितिका प्रवक्ता पूर्ण विक्रम डाँगीले जिल्लामा रहेका सम्पुर्ण सेयर लगानी कर्ताहरुलाई समितिमा आवद्ध हुन आग्रह गरेका छन् ।
