२०८२ माघ २५ गते आइतवार

आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं,असार २९ । निर्वाचन आयोगले आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको हो ।

आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला ९काठमाडौं, भक्तपुर र ललितपुर० सेवा सुरु गरिएको जनाएको छ ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरि जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै आवेदन पेश गर्न सक्नेछन् ।

सो पश्चात् अनलाईन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *