२०८२ चैत्र २ गते सोमवार

आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डौ,असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा–भाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । आज काठमाण्डौको रानीपोखरी अगाडि रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले नेपाली भाषामा भावानुवादसहितको ुरामायणु लेखेका थिए । उनले लेखेको रामायण अहिले पनि घरघरमा पाठ गरिन्छ ।

१८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती–उपदेश दिएपछि उनले रामायणलाई नेपालीमा अनुवाद गरेको बताइन्छ ।

‘बधुशिक्षाु उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी उनका ‘प्रश्नोत्तरु, ‘भक्तमालाु, ‘रामगीता, फुटकर रचनालगायत कृति छन् ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्तको निधन विसं १९२५ साल असोजमा भएको थियो ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *