२०८३ भाद्र ३० गते मङ्गलवार

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

रुपन्देही,असार २८ । बुटवल भैरहवा सडक खण्ड अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।


लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका अनुसार लु ४० प ५९८९ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको छ ।

बिहान दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले मोटरसाइकल नियन्त्रण गुमाएर सडकमा पल्टिएको जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *