२०८२ चैत्र १ गते आइतवार

आईजीपी विवादबारे सुनुवाइ आज, विश्वराज तर्फका वकिलले जवाफ दिने

काठमाडौं,असार २७ । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा सोमबार सुनुवाइ हुँदै छ ।

सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा असार २६ मा सुनुवाइ हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । तर, सार्वजनिक बिदाका कारण आइतबार सुनुवाइ भएन ।

आईजीपी विवादबारे सोमबार पेशी राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए ।

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सोमबार एआईजी विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीले जवाफ दिँदै छन् । आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ ।

आईजीपी विवादसँगै लगाउमा राखिएको एआईजी बढुवा विरुद्धको रिटको सुनुवाइ पनि सकिएको छ ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *