सुर्खेत,असार २१ । पञ्चपुरी नगरपालिका वडा नं ७ डौरी खोलामा पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परेर अछाम तुर्माखाँद गाउँपालिका ६ रानीवनकी ७५ वर्षीया अमनादेवी जैशीको ज्यान गएको हो ।
पहिरोमा परेर त्यही ठाउँकी रती कामी घाइते भएको र उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुरज कार्कीले जानकारी दिए ।
रतीको टाउको, निधार र हातमा चोट लागेको छ । अछामबाट कैलाली जाने क्रममा उनीहरू पहिरोमा परेको बताइएको छ ।
प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
