काठमाडौं, असार २१ । रामेछापमा बस दुर्घटना हुँदा नौं जनाको घटनास्थलमै मृत्यु भएको छ। थप २२ जना घाइते रहेका छन् ।
प्रहरी नायब उपरीक्षक राजकुमार थिङले घाइते मध्य थप चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई हेलिकप्टरबाट उद्धारको तयारी भइरहेको जानकारी दिए।
खाँदादेवी गाउँपालिका वडा नं. १ को लुभुघाटमा मंगलबार बिहान १० बजेतिर रामेछापबाट काठमाडौं तर्फ जाँदै गरेको बस सडकबाट झन्डै ४० मिटर तल खसेको प्रहरीले बताएको छ ।
बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २२ जना घाइते भएका छन् । घाइतेलाई उद्धार पछि उपचारको लागि धुलिखेल पठाइएको छ। दुर्घटनाको कारण अझैं खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार