२०८३ असार २८ गते आइतवार

रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियोः गभर्नर अधिकारी

काठमाण्डौ,असार १६ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले देशको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन ।

हिजो नेपाल चार्टर्ड अकाउन्टेन्ट सङ्घको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन ।

गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा सङ्कट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए । उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए ।

देशको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको अधिकारीको भनाइ छ । गभर्नर अधिकारीले चार्टर्ड अकाउन्टेन्टहरुले दिने भूमिका मौद्रिक नीतिमा महत्त्वपूर्ण हुने गरेको बताए ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *