२०८३ भाद्र १२ गते शुक्रवार

किसानलाई समयमै मल उपलब्ध गराउन माग

घोराही, १६ असार । खाद्य अधिकार संजाल दाङले किसानहरुलाई समयमै मल, विउविजन उपलब्ध गराउन माग गरेको छ ।

मलविना किसानहरुले रोपाइ गरेको भन्ने समाचारले संजालको गम्भिर ध्यानाकर्षण भएको जनाउदै संजालले विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै किसानलाइ यथासिघ्र समयमा मल, विउविजन उपलब्ध गराई सहजता बनाउन सम्वन्धित निकायसंग अनुरोध गरेको हो ।

खाद्य अधिकार संजाल दाङका महासचिव मौसम आचार्य र सचिव सन्तोष दहितले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, मानो रोपेर मुरी फलाउने समयमा समेत किसानले मल पाउन नसक्नु दुखको कुरा भन्दै किसानलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई अनुरोध गरेको छ ।

यसैगरी किसानहरुले लामो समयदेखि भोग्दै आएको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारसंग विज्ञप्ती मार्फत माग गरिएको छ ।

त्यस्तै खाद्यान्न बस्तुमा मिसावट भएका जस्ता जनगुनासाहरु आएकोले त्यस विषयमा अनुसन्धान र अनुगमनको लागि सम्वन्धित निकायलाई विज्ञप्ती मामर्फत आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *