काठमाडौं, असार, १६ । दार्चुलामा देवरले बलात्कारको क्रममा प्रतिकार गरेपछि भाउजुको हत्या गरेका छन् ।
शैल्यशिखर नगरपालिका वडा नं. १, बारिलकी अनिभा खडायतको जेठ २५ बिहान ४ बजेतिर हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय भोजराज खडायतले भाउजु गोमतीकुमारी कडायतले जबरजस्ती बलात्कार गर्न खोजेको र उनले प्रतिकार गरेपछि ढुँगाले हानेर अचेत बनाएपछि जिउँदै आगो लगाएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानाकारी दिएको छ ।
छोरी गोमती आमालाई बिहान उठ्दा नदेखेपछि खोज्न भनेर मोवाइल लिएर घर बाहिर निस्किएकी थिइन । त्यही क्रममा उनले काका नाता पर्ने भोजराजलाई रातिमा निकै आत्तिकएको अवस्थामा देखिन । भोजराज अघिपछि पनि घरमा आइ रहने हुँदा उनले आमाको बारेमा सोध्न खोजेपछि उनले एकाएक गोमतीलाई लखेटेका थिए ।
उनी खोला तर्फ भागेपछि उनले समाउन सकेनन् । गोमतीले केही पर घर छेउमा आगो बलिरहेको देखिन । त्यो देखेर उनको मनमा आशंका पैदा भयो । छिमेकीलाई बोलाएर आगो बलिरहेको ठाउँतिर लागिन ।
उनले घर नजिकै मकैबारीको आगो बलिरहेको ठाउँमा पुगेर हेर्दा आधा जलेको अवस्थामा आमा अनिभाको शव देखेपछि छाँगाबाट खसेझैं भइन ।
अनिभाका श्रीमान सात वर्ष पहिले नै मृत्यु भइसकेको थियो । तीन छोरी र एक छोरा मध्य छोरा बिदेशमा छन् । भोजराज स्थानीय चमेली जलविद्युत आयोजनामा सुरक्षागार्डका रुपमा कार्यरत थिए ।
घटना भएको दिन बिहान २ बजेतिर उनी काम सकेर घर तर्फ जाँदै थिए । अनिभाको भघर बाटोमै पथ्र्यौ । अनिभाको कोठामा बत्ती बलिरहेको थियो । त्यसपछि उनले अनिभालाई बोलाए ।
अनिभा कुरागर्न समेत तयार नभएपछि त्रास देखाएर बाहिर बोलाए । बलजफती मकैबारी तर्फ लगे । शारीरिक सम्बन्ध राख्ने प्रस्ताव गर्दा अनिभाले अस्विकार गरिन । प्रतिकार गर्दै गालीगलौज गर्न थालेपछि भोजराजले एक्कासी त्यहीँ रहेको ढुंगा समातेर टाउकोमा प्रहार गरे ।
उनी कराइन । पुनः सोही ढुंगाले प्रहार गरे । अनि घाइते भाउजू अनिभालाई भोजराजले जबरजस्ती करणी गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ । त्यसपछि उनले दुवै कानमा लगाएको सुन र नाकमा लगाएको नथियामा समेत थुते ।
केही परबाट सुकेको खर र गहुँको नल ल्याएर अनिभाको शरीर त्यसैले छोपे ।
आफ्नो सर्ट भाउजु अनिभाको कोठामा छुट्यो कि ? भनेर मोबाइल बालेर त्यतातिर जाँदै गर्दा छोरी गोमती आमा खोज्दै आएको देखेपछि उनले लखेटे ।
गोमतीले घटना सबै थाहाँ पाएको र मोवाइलबाट प्रहरीलाई फोन गरिरहेको आशंकाका साथ आँफुले लखेटेका प्रहरी समक्ष भोजराजले बताएका छन् ।
घटनापछि सुबद प्रमाणलाई नष्ट गर्न भोजराजले खर र गहुँको नलले ज्यूँदै जलाएको प्रहरीको निष्कर्ष निकालेको छ ।