प्रमोद आचार्य,दंगीशरण,असार १५ । ‘धानवालिमा जैबिक बिबिधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग’भन्ने मुलनारा सहित दंगीशरणमा गाउँपालिका वडा नं. १ को रामपुरमा धान दिवस मनाइएको छ ।
१९ औ राष्टिय धान दिवसको अवसरमा गाउँपालिकाले किसानहरुको खेतमा धान रोपेर दिवस मनाएको हो ।
काउली कृषक समुहका अध्यक्ष छिपेन्द्र चौधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष शम्भु गिरिको प्रमुख आतिथ्यता एवं वडा न. १ का अध्यक्ष रमेश भण्डारी र प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर खड्काको विशिष्ट आथित्यतामा धान दिवस मनाइएको हो ।
त्यस अवसरमा सम्बोधन गर्दै प्रमुख अतिथि गिरिले पहिले असार १५ लाई खेतिपाती शुरु गर्ने समय र दहि चिउरा खाएर मनाउने प्रचलन भएपनि नेपालको सन्दर्भमा २०६१ सालदेखि असार १५ लाइ धान दिवसको रुपमा मनाउन थालिएको बताए । उनले अहिलेको अबस्थामा धान दिवस मनाइरहंदा किसानहरुले रासायनीक मल सहज रुपमा नपाएको प्रति दुख ब्यक्त गरे ।
गाउँपालिकाको तर्फवाट किसानहरुलाइ कृषिमा दिने हरेक अनुदान तथा किसानलाइ धानको बिउ,मकैबालि पकेट बिकास कार्यक्रम, डाले घास, बर्सिम घास ,तथा कृषिका हरेक क्षेत्रलाइ प्राथमिकतामा राखि कृषि अनुदान दिदै आएको कृषि शाखा प्रमुख शरु भुसालले बताइन ।
उनले गाउँपालिकामा २८८० हेक्टर जमिन खेतियोग्य रहेको र धानको कुल उत्पादनमा ३.३ प्रतिसत कुल ग्रास्थ उत्पादन रहेको बताइन ।
दंगीशरण गाउँपालिका वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारिको स्वागत मन्तब्य बाट शुरु भएको धान दिवस कार्यक्रममा काउली कृषक समुहको सदस्यहरू गाउँपालिका अध्यक्ष, कृषि शाखा कर्मचारीहरु र पालिका कर्मचारीहरुको सहभागीता थियो ।
धान दिवस कार्यक्रम काउली कृषक समुह दंगीशरण गाउँपालिका वडा न. १ को आयोजना तथा दंगीशरण गाउँपालिका कृषि विकास शाखा हेकुलीको सहयोगमा आयोजना गरिएको थिया