२०८२ चैत्र ३ गते मङ्गलवार

गएरातिदेखि देशका धेरै ठाउँमा वर्षा

काठमाण्डौ,असार १५ । मनसुन थप सक्रिय भएसँगै गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी जिल्लामा ठूलो पानी परेको छ। अरु ठाउँमा पनि मध्यम वर्षा भइरहेको छ।

आज र भोलि कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई, नारायणी, कालीगण्डकी, मादीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

निरन्तर पानी परेकाले ती नदी किनार तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

साथै महाशाखाले आज मधेस प्रदेशलगायत तराईका साना नदी तटीय क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह पनि गरेको छ । पहाडी जिल्ला जाजरकोट र आसपासको क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।

त्यस क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा र पहिरोग्रस्त क्षेत्रमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *