२०८१ कार्तिक १७ गते शनिवार

आँखा सम्वन्धी उपचारका लागि अस्पतालमा अपरेटिङ माइक्रोस्कोप र क्यारेटोमिटर

तुलसीपुर, असार १३ । राप्ती आँखा अस्पतालले अपरेटिङ माइक्रोस्कोप र क्यारेटो मिटर खरिद गरेको छ । मेसिन औजार खरिद संगै नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको आयोजनामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

लुम्विनी प्रदेश सरकारद्धारा पूँजीगत अनुदान कार्यक्रम अन्तर्गत अपरेटिङ माइक्रोस्कोप र क्यारेटो मिटर मेसिन औजार खरिद कार्य सम्पन्न संगै सामाजिक परिक्षण गरिएको अस्पतालका प्रशासक किरण पौडेलले जानकारी दिए । खरिद तथा गुणस्तर निर्धारण समितिका संयोजक सुरेन्द्रबहादुर खड्काको अध्यक्षता तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यता एव नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा सामाजिक परिक्षण कार्यक्रम भएको थियो ।

प्रदेश सरकार अन्तर्गत स्वास्थ्य निर्देशनालयले आर्थिक बर्ष २०७८÷७९ मा ५० लाख अनुदान दिएको र सो अन्तर्गत ४८ लाख प्रदेश र अस्पतालको आन्तरीक स्रोत समावेस गरेर दुई वटा मेसिन खरिद गरेको प्रशासक किरण पौडेलले जानकारी गराएका थिए । उनले खरिद प्रकृया र अनुदान सहयोगको वारेमा जानकारी गराएका थिए ।

त्यस्तै अस्पतालका मेसु नेत्रविशेषज्ञ डाक्टर सन्तोष सुवेदीले अपरेटिङ माइक्रोस्कोपबाट दिने सेवाको पारेमा जानकारी गराएका थिए । उनले सो मेसीन आए संगै अव राप्ती आँखा अस्पतालमा रेटिनाका विरामीहरुको शल्यक्रिया हुने बताए ।

उनले अव विरामीहरु शल्यक्रियाका लागि अनेत्र जानुपर्ने वाध्यता हटेको बताएका थिए । उनले यो संगै अध्ययन अध्यापनका लागि पनि सहज भएको बताए । उनले उनले आँखाको रेटिनाका विरामीहरुको शल्यक्रिया संग संगै त्यसबाट विद्यार्थीहरुले अध्ययन पनि सहजरुपले गर्न सक्ने बताए ।

त्यस्तै दृष्टि विशेषज्ञ ओमप्रकास यादवले क्यारेटो मिटर र त्यसले दिने सेवाको पारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख स्यानी चौधरीले मेसिन खरिद संगै अव जनताले सहज सेवा पाउने बताइन् । उनले राप्ती आँखा अस्पतालमा विशेषज्ञ सेवा प्रवाहका लागि आफुहरुको सहयोग निरन्र्तर हुने बताइन् ।

कार्यक्रममा संघका केन्द्रिय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कृष्णकुमार गिरीले अस्पतालाई साधान स्रोतयुक्त बनाउन आफुहरु लागेको भन्दै अव आँखाका सवै सेवाहरु यहिवाट दिने तर्फ आफुहरु लाग्ने बताए ।

उनले यसमा सहयोग गर्ने प्रदेश सरकारलगायत सवैलाई धन्यवाद दिए । कार्यक्रममा अस्पताल प्रशासनिक समितिका संयोजक चिरञ्जीवि रिजाल, एकाडेमीक चिफ नेत्रविशेषज्ञ डाक्टर सुरेश रसाइली लगायत मेसिन खरिद संगै अव विरामीहरुले सेवा पाउने बताएका थिए ।

त्यसैविच लमही आँखा अस्पतालमा पनि सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लुम्विनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयद्धारा अनुदान सहयोगमा लमही आँखा अस्पताल ओपीडि एनेक्स भवन निर्माण कार्य सम्पन्नको सामाजिक परिक्षण कार्यक्रम भएकोहो ।

एनेक्स भवन निर्माण समितिका संयोजक घनश्याम सुवेदीको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भवन निर्माणको आर्थिक प्रतिवेदन लेखाअधिकृत कृष्णप्रसाद भट्टराईले प्रस्तुत गरेका थिए भने यसको प्रकृया र अनुदान सहयोगको बारेमा प्रमुख प्रशासक सम्शेर थापाले जानकारी गराएका थिए ।

प्रदेश सरकारको १९ लाख ४० हजार अनुदान सहयोग र अस्पतालको आन्तरिक स्रोत बाट एनेक्स भवन निर्माण गरिएकोहो ।

कार्यक्रममा बोल्दै उपप्रमुख लक्ष्मी योगीले यहाँका जनताहरुलाई अव आँखा स्वास्थ्य सेवा प्रवाहका लागि सहज हुने बताएकी थिइन् । उनले लमही नगरपालिकाले पनि आँखा अस्पतालको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्तगरेकी थिइन् ।

कार्यक्रममा संघका उपसभापति रेशमबहादुर खड्का, एनएवीपीका प्रोजेक्ट म्यानेजर सुरेखा गुरुङलगायतले एनेक्स भवन निर्माण संगै सेवा प्रवाहमा सहजता हुने बताएका थिए ।

साथै सहयोग गर्ने प्रदेश सरकारलाई धन्यवाद सहभागीहरुले दिएका थिए

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *