२०८२ चैत्र २ गते सोमवार

प्रदेश–१, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा वर्षा

काठमाण्डौ,असार ११ । प्रदेश– १, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रदेश–१ का धनकुटा, इलाम, ताप्लेजुङ र सुनसरीमा पानी परिरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । गण्डकी प्रदेशका पोखरा, स्याङ्जा, पाल्पा, म्याग्दी, बाग्लुङ लगायतका ठाउँ र लुम्बिनी प्रदेशका प्युठान, अर्घाखाँची, रुपन्देही, दाङ लगायतका ठाउँमा पानी परिरहेको छ ।

गण्डकी प्रदेशमा मनसुनी वायुको अलि बढी नै प्रभाव रहेको मौसमविद् भट्टराईले जानकारी दिए । अन्य दिनको तुलनामा आज र भोलि अलि धेरै पानी पर्ने देखिएकाले बाढीरपहिरोको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

देशका ६ वटा प्रदेशमा मनसुन फैलिएको छ । कर्णाली र लुम्बिनी प्रदेशमा हिजोदेखि मनसुन फैलिएको र अब बिस्तारै सक्रिय हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अब सुदूरपश्चिम प्रदेशमा मात्रै मनसुनी बायु पुग्न बाँकी छ । सुदूरपश्चिममा एकरदुई दिन भित्रै मनसुनी वायु पुगेर सक्रिय हुने अनुमान छ ।

नेपालमा गएको जेठ २२ गते प्रदेश-१ बाट मनसुन भित्रिएको थियो । त्यसको झण्डै तीनहप्तापछि लुम्बिनी र कर्णालीमा मनसुन सक्रिय भएको हो । मधेस प्रदेश, वाग्मती र गण्डकीमा जेठ २६ गते मनसुन फैलिएको थियो ।

यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *