२०८२ चैत्र १ गते आइतवार

बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ

अर्घाखाँची,असार ७ । अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाको एक वडामा हजराआमा नाता पर्ने एक महिलाले १४ बर्षकी नातीनी नाता पर्ने बालिकालाई यौनकार्यमा लगाउने गरेको खुलासा भएको छ ।

४० वर्षिया ती महिलाले बालिकाको घरबाट घर परिवारलाई कुनै जानकारी समेत नगराई चाउचाउ, बिष्कुट खुवाउने आश्वासन तथा लोभलालच समेत देखाई बालिकालाई यौनकार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

गत जेठ १ गते रातको समयमा हजुरआमा नाता पर्ने महिलाको घरमै अर्घाखाँची शितगंगा नगरपालिका वार्ड नं. १४ बस्ने २२ वर्षिय ओम प्रकाश न्यौपानेबाट जवरजस्ती करणी गराई पैसा समेत लिएको तथा पटक पटक जंगल लगायत बिभिन्न स्थानमा लगी यौनकार्य गराउने गरेको भन्ने उजुरीका आधारमा प्रहरीले ४० वर्षिया महिला र करणी गर्ने न्यौपानेलाई पक्राउ गरेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *