२०८२ कार्तिक २२ गते शनिवार

तिनाउको बाढीले बगाएर ल्याएको शव बुटवलमा फेला

बुटवल,असार ६ । बुटवलको तिनाउ नदीमा बाढीले बगाएको ल्याएको शव फेला परेको छ ।

तिनाउ नदीको प्रगतिनगर छेउमा नदीको बीचको भङ्गालोमा एकजनाको शव देखिएको प्रहरीले जनाएको छ ।

राती आएको बाढीले बगाएर लएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थलमा प्रहरी पुगेपनि तिनाउको बहावका कारण शव निकाल्न नसकिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

प्रहरीले डोरीको सहायताले शव निकाल्ने प्रयास सुरु गरेको डीएसपी केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *