तुलसीपुर,असार ५ । बाँकेमा हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डुडुवा गाउँपालिका ६ बस्ने ४५ वर्षीय पहलमान पासी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
वितेको २०७२ साल कार्तिक १ गते बाँके जिल्ला अदालतले एक वर्ष कैद सजाय तोकिएकोमा उनि सात वर्ष देखि फरार भएका थिए ।
खोजि गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो शनिबार पक्राउ गरेको हो ।
पक्राउ परेका पासीलाई बाँकेको जिल्ला अदालतमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार

