जाजरकोट,असार ४ । जाजरकोटको कुशे गाउँपालिका-७ का वडाध्यक्ष मनबहादुर घर्तीको निधन भएको छ।
शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन्।
सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेकपा माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए।
घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए।
प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
