रुकुम,असार ४ । रुकुम पुर्ब सिस्ने गाउँपालिका वडा नं ६ काे खाेपिचारमा रहेकाे जनता अाधारभुत बिद्यालयमा खानेपानीको समस्या देखिएको छ ।
उक्त वडाकाे दुदिला गहिरा भैसिखाल हुँदै झिङरि जाेडने सडक खन्ने क्रममा मुहानमा क्षति हुँदा अाधारभुत बिद्यालय खाेपिचामा खानेपानीको समस्या देखिएकाे हाे।
करिब एक महिना देखि बिद्यालयमा खानेपानी नहुदा पिउने पानीको र विद्यार्थीहरुलाई दिवा खाजाकाे लागि नास्ता बनाउन निकै गाह्रो हुने गरेको शिक्षक नवीन बुढाथोकीले जानकारी दिए ।
साथै बिद्यायलाई याे समस्याबाट निकास दिई विद्यार्थीहरु र शिक्षकहरुमा पर्न जाने असर लाई तत्काल समन्धित निकाएले ध्यान दिन बिद्यालयले अपिल गरेकोे छ।
प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार