२०८३ भाद्र १३ गते शनिवार

माडी गाउँपालिकाको कार्यपालिका वैठकबाट विषयगत समिति गठन

रोल्पा,असार ३ । रोल्पाको माडी गाउँपालिका गाउँ कार्यपालिका बैठकबाट विभिन्न विषयगत समिति गठन भएको छ ।

शुधmवार गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गाउँपालिकाको बिषयगत समिति बनाएको हो ।

जस अन्तर्गत आर्थिक बिकास समितिको संयोजकमा वडा नम्बर ६ का वडा अध्यक्ष खर्क बहादुर पुन, सामाजिक बिकास समितिको संयोजकमा वडा नम्बर २ का वडा अध्यक्ष ललित घर्तिमगर,भौतिक पुर्वाधार बिकास समितिको संयोजकमा वडा नम्बर १ का वडा अध्यक्ष रोहित सिंह घर्तिमगर,बिधयक समिति संयोजकमा वडा नम्बर ४ का वडा अध्यक्ष रेग बहादुर मल्ल,सार्वजनिक सेवा तथा क्षमता बिकास समितिको संयोजकमा वडा नम्बर ३ का वडा अध्यक्ष बल बहादुर बुढा,बन,वातावरण तथा बिपद व्यवस्थापन समितिको संयोजकमा वडा नम्बर ५ का वडा अध्यक्ष तेजेन्द्र बुढामगरलाइ जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाको न्यायीक समिति र राजस्व परामर्श समिति संयोजकमा उपाध्यक्ष जयपुरी घर्तिमगरलाइ जिम्मेवारी दिइएको छ ।

माडी गाउँपालिकको गाउँ शिक्षा समिति समेत गठन गरेको छ । गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा १४ सदस्यीय गाउँ सिक्षा समिति समेत गठन गरेको छ ।

त्यस्तै गाउँलालिकाको गतिविधिलाइ सार्वजनिक गर्न प्रवक्ताको जिम्मेवारी वडा नम्बर ४ का वडा अध्यक्ष रेग बहादुर मल्ललाइ तोकेको छ ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *