२०८२ मङ्सिर २३ गते मङ्गलवार

निगुरो टिप्न गएकी महिला बाघको आक्रमणबाट बेपत्ता

भरतपुर,असार २ । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक महिला बेपत्ता भएकी छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई बिहीबार बिहान बाघले आक्रमण गरेको हो ।

स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजी कार्य जारी राखेको छ ।

हराइरहेका बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उनले जानकारी दिए।

प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *