२०८१ मङ्सिर २७ गते बिहिवार

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आयो

चितवन,जेठ २७ । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराले बन्द भएको सडक फेरि सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा आज शुक्रवार बिहान पौने ९ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुईतर्फी सञ्चालनमा आएको छ । बुधवार रातिदेखि पहिरोका कारण यो सडक पटक–पटक बन्द हुँदै आएको छ ।

गाडीको लामो लाइन भएका कारण सडक खण्ड पार गर्न घण्टौँ समय लाग्ने गरेको छ । सडक खुले पनि पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *