दाङ, जेठ २५ । कोहलपुर नगरपालिकाले ढल व्यवस्थापनमा लापर्वाही गरिरहेको भन्दै नेपालगञ्ज मेडिकल कलेजलाई तत्काल त्यो सुधार्न आग्रह गरेको छ ।
कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले बुधकार मेडिकल कलेज सञ्चालकलाई पत्रचार गर्दै वातावरण प्रतिकूल अशर परेको भन्दै तत्काल त्यो समस्या समाधान गर्न भनेका छन् ।
बर्षौंदेखि अस्पतालबाट दैनिकरुपमा निस्कने फोहर तथा रसायन युक्त फोहरमैला कोहलपुरस्थित डुडुवा खोलामा मेडिकल कलेज सोझै ढल विसर्जन गर्दै आएको छ ।
‘अस्पतालको घातक फोहर सिधै ढलमा मिसाउँदा वातावरण प्रदुषणसंगै जैविक विविधता नष्ट भइरहेको हुँदा मेडिकल कलेज सञ्चालकलाई तत्काल त्यो सच्याउन आग्रहका साथ पत्र काट्नु परेको हो,’ मेयर आचार्यले भने ‘ अस्पतालबाट ढल व्यवस्थापनमा भइरहेको लापर्वाहीलाई नजरअन्दाज गर्न सकिँदैन ।’
आचार्यले नेपाली काँग्रेसबाट मेयरमा निर्वाचित भएका ब्यक्ति हुन ।