काठमाडौं,बैशाख ११ । प्रहरीले ५३ वर्षीया महिलामाथि करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका-३ बस्ने २४ वर्षीय गुरुप्रसाद बिसी रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार