२०८३ भाद्र १२ गते शुक्रवार

जीप दुर्घटना हुँदा दुई प्रहरीको ज्यान गयो

ओखलढुंगा,चैत ३० । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बिहान जीप दुर्घटना हुँदा २ जना प्रहरीको ज्यान गएको छ । ७ जना घाइते भएका छन् ।

घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सोलुखुम्बुबाट मोरङको विराटनगरका लागि छुटेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले आफूहरु उद्धार कार्यमा व्यस्त रहेको बताए ।

गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *