२०८३ भाद्र १३ गते शनिवार

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा,फागुन २६ । झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय उमेश थापा रहेका छन्।

गम्भीर घाइते भएका थापाको उपचारको क्रममा बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मे १ च ५२५ नम्बरको एम्बुलेन्सले पैदलयात्री थापालाई बुधबार बेलुकी ७ बजे ठक्कर दिएको हो।

एम्बुलेन्स सहित चालक भने ईलाका प्रहरी कार्यालय अनारमनी झापाको नियन्त्रणमा रहेका छन्।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *