चितवन,फागुन १९ । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेका दुई जना बालकको मृत्यु भएको छ।
भरतपुर-७ विशालचोक बस्ने १० वर्षीय विधान गौतम र पहिचान नखुलेका अन्दाजी ११/१२ वर्षका बालक बिहीबार दिउँसो नदीमा डुबेको अवस्थामा भेटिएका थिए।
उनीहरूलाई स्थानीयबासीको सहयोगमा उद्धार गरी भरतपुर अस्पताल भरतपुर पुर्याइएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार

