२०८१ साउन ९ गते बुधवार

कौवाघारीमा मानसिक स्वास्थ्य सचेतना

घोराही, ५ फाल्गुन । दंगीशरण गाँउपालिका वडा नम्बर २ कौवाघारीमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रम अन्तरगत मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

जेष्ठ सदस्य छिता बस्नेतको अध्यक्षता एवं दंगिशरण गाँउपालिका २ का वडा अध्यक्ष तुलसीराम देवकोटाको प्रमुख आतिथ्य र दंगिशरण गाँउपालिका १ का सदस्य जानकी चौधरीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा मानसिक स्वास्थ्य भनेको के हो ? मानसिक समस्या भनेको के हो ? मानसिक समस्या हुनुका कारण, समाजमा देखिने मानसिक समस्याका प्रकारहरु, मानसिक समस्याको लक्षणहरु, समस्या समाधानका उपायकहरु, सामना गर्ने तरिकाहरु लगायतका विषयमा मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी गराएकी थिइन ।

महिला शान्ति र सुरक्षा कार्यक्रम र सशस्त्र द्धन्दका कारण हालसम्म समाजमा देखिएका समस्याका विषयमा कार्यक्रम प्रमुख रमेश केसीले जानकारी गराइन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले शारिरिक स्वास्थ्य सँगै मानसिक स्वास्थ्य हाम्रो लागी अत्यावश्यक भएको बताएका थिए । उनीहरुले समाजमा विभिन्न कारणले मानसिक समस्या बढ्दै जान थालेको भन्दै यस्ता कार्यक्रमले मानसिक स्वास्थ्यबारे सबै जना सचेत हुन अनुरोध गरे ।

हरेक गाँउमा समाजमा मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम गर्न आवश्यक भएको भन्दै यसकालागी स्थानीय सरकारले पनि ध्यान दिन आवश्यक भएको बताएका थिए ।

कार्यक्रममा सहभागीहरु कृष्णी खत्री, सीता डाँगी, रामबहादुर खत्री लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *