२०८३ असार २७ गते शनिवार

मुस्ताङ प्रवेश गर्न पीसीआर नेगेटिभ रिपोर्ट र पूर्ण खोप अनिवार्य

काठमाण्डौ,मंसिर १६ । मुस्ताङ जिल्ला प्रवेश गर्न पीसीआर नेगेटिभ रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेसँगै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले यो निर्णय गरेको हो ।

निर्णयअनुसार अब मुस्ताङमा स्थायी बसोबास गर्ने व्यक्ति र पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीबाहेक ७ दिन भित्रको पीसीआर नेगेटिभ रिपोर्ट नभएका विदेशी नागरिक तथा तथा ७ दिन भित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा ७२ घण्टा भित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्ति मुस्ताङ जान पाउने छैनन् ।

यस्तै, सार्वजनिक ठाउँ, मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजारलगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नु परेमा भने २५ जनाभन्दा धेरै भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

गएराति १२ बजेदेखि आउँदो २९ गतेसम्म राति १२ बजेसम्म लागू हुने गरी कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *