२०८३ जेष्ठ १४ गते बिहिवार

सोलुखुम्बुका उज्यालो सहकर्मी दर्नालमाथि कांग्रेस कार्यकर्ताद्वारा हातपात

सोलुखुम्बु,मंसिर १५ । सोलुखुम्बुको सल्लेरीमा रिपोटिङका लागि खटिएका उज्यालो सहकर्मी सुबास दर्नाल सहितका सञ्चारकर्मीमाथि गएराति नेपाली कांग्रेसका कार्यकर्ताले हातपात गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको सभापतिका लागि भएको निर्वाचन अन्तर्गत मतगणनाको स्थलगत रिपोर्टिङमा खटिएका दर्नाल र रमन वनमाथि हातपात भएको हो ।

आक्रमण गर्नेहरुमा नेविसंघका जिल्ला उपाध्यक्ष जिवन बस्नेत, तरुणदल सचिव शेखर बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राई लगायतका कार्यकर्ता रहेका छन् ।

आक्रमणबाट रिपोर्टिङमा प्रयोग गरिएको माइक, रेकर्डर सहितका सामग्रीमा क्षति पुगेको छ । समाचार संकलनको क्रममा खटिएका सञ्चारकर्मीमाथि प्रहरीकै अगाडि हातपात हुँदा पनि प्रहरीले केही नगरेको पीडित पत्रकारको गुनासो छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *