सङ्खुवासभा,मंसिर ४ । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सिम्लेमा गएराति शौचालय जाने क्रममा लडेर एक जनाको ज्यान गएको छ ।
लडेर उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।
माझी खाँदबारी किमाथाङ्का सडक निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्थे लडेर घाइते भएका माझीको सिम्मा स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो ।
प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
