२०८३ असार २८ गते आइतवार

देवदहमा श्रीमतीको हत्या गरेको आशंकामा श्रीमान् पक्राउ

बुटवल,मंसिर ३ । रुपन्देहीको देवदहमा एक महिलाको शव फेला परेको छ। देवदह नगरपालिका ११ सदबनियास्थित सडक किनारमा देवदह १२ प्रगतिनगरकी २५ वर्षीया दिलमाया श्रेष्ठ मगरको शव फेला परेको हो।

बुधबार बेपत्ता भएकी उनको शव बिहिबार सडक किनारमा फेला परेको रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताए।

उनको हत्या भएको आशंकामा प्रहरीले श्रीमान् ३० वर्षीय हिमाल श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *