काठमाण्डौ,कात्तिक ११ । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाँक्रीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ वीर अस्पताल भर्ना भएकी हुन् ।
‘दुई दिनदेखि ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि हिजो साँझ अस्पताल भर्ना हुनुभएको हो,’ मन्त्री झाँक्रीका स्वकीय सचिव फुर्वा तामाङले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।’
मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार आइरहेको स्वकीय सचिव तामाङले बताए ।
प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार