धनगढी,असोज २६ । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नम्बरको बस केआइसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।
बस ब्रेक फेल भएर मंगलबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। बसमा ५०र६० जना यात्रु सवार थिए।
प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार
