२०८३ भाद्र ११ गते बिहिवार

अश्वारामा भगवतीको मन्दिर उद्घाटन

तुलसीपुर, असोज २५ । तुलसीपुरकी उपमेयर माया आचार्यले अश्वारामा नब निर्मित भगबती मन्दिरको उद्घाटन गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा स्थित हरियाली पार्कमा निर्माण गरिएको नव दूर्गा भगवती मन्दिरको उद्घाटन आचार्यले सोमबार गरेका हुन । तुलसीपुर उपमहानगरपालिका र स्थानीयबासीबाट संकलित रकम सहित १६ लाख लागतमा मन्दिरको निर्माण गरिएको हो ।

उद्घाट कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर ८ का वडा अध्यक्ष वेदबहादुर केसीले संकृति जगेर्ना गर्न वडा बजेटबाट ५१ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

त्यस्तै उनले व्यक्तिगत रुपमा १५ हजार पाँच सय १५ रुपैंया सहयोगको घोषणा गरेका थिए । त्यसैगरी नगर प्रमुख घनश्याम पाण्डेले २५ हजार पाँच सय पाँच, गोरखबहादुर खड्काले २५ हजार पाँच सय १५, पूर्णबहादुर खड्काले १० हजार पाँच सय ५५, पार्वती देबी बस्नेतले ६ हाजर पाँच सय ५५, आशा बस्नेतले ५ हजार एक सय पाँच । लिला बस्नेतले पाँच हजार एक सय ५१ रुपैंया प्रदान गरेका थिए ।

मन्दिर निर्माण समितिका अध्यक्ष झग्गुप्रसाद साहुको अध्यक्षतमा भएको कार्यक्रममा तुलसीपुरका नगर प्रवक्ता सूर्य डाँगी, तुलसीपुर–८ का अध्यक्ष वेदबहादुर केसी, अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका उपाध्यक्ष यमबहादुर विक, शिव मन्दिर तकीयापुर व्यवस्थापन समितिका अध्यक्ष तिलक केसी, भगवती मन्दिर व्यवस्थापन समितिका सदस्य देवराज खड्का, एड स्टार क्लबका अध्यक्ष श्रीधर साहु लगाएतले मनतब्य ब्यक्त गरेका थिए । सो अवसरमा लोपउन्मुख अवस्थामा रहेको पैसरी नाँच प्रस्तुत गरिएका् थियो ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *