काठमाडौं, असोज २१ । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा पार्टी प्रबेश गरेका छन् ।
नेकपा एमाले परित्याग गरि जोशी बिहीबार नेकपा ९एकीकृत समाजवादी० पार्टीमा पार्टी प्रबेश गरेका हुन ।
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले जोशीलाई पार्टी प्रबेश गराएका हुन ।
एमालेमा १० बुँदे कार्यान्वयन हुने छाँट नदेखिएको भन्दै एकीकृत समाजवादीमा पार्टी प्रबेश गरेको जोशीले बताएका छन् ।
प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार