२०८३ मङ्सिर ९ गते मङ्गलवार

२ केजी गाँजासहित एक पक्राउ

पर्सा,असोज २० । पर्सा प्रहरीले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका(१ का ३० वर्षीय लोकराज पटेल रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले २ केजी गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *