२०८३ मङ्सिर ९ गते मङ्गलवार

सर्पले डस्दा डोटीमा बालकको ज्यान गयो

डोटी,असोज १३ । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा विषालु सर्पले डस्दा पाँच वर्षीय बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय हेमराज भण्डारीको ज्यान गएको हो ।

आइतबार साँझ घरको आँगनमा खेलिरहेको समयमा सर्पले डसेको थियो । सर्पको डसाइबाट गम्भीर भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा गए राति ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्लामा गर्मी कायमै रहेका कारण सर्पदंशका घटना घटिरहेका जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *