२०८१ बैशाख ७ गते शुक्रवार

तिनाउ नदीमा एक बालकको शव फेला

बुटवल,असोज ८ । बुटवलको तिनाउ नदीमा एक बालकको शव फेला परेको छ। अर्धनग्न अवस्थामा फेला परेको शव कसको हो भन्ने पहिचान भएको छैन।

अन्दाजी १२ वर्षका बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पौडी खेल्दै गर्दा नदीमा बगेको हुनसक्ने प्रहरीको अनुमान छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका छन्।

इलाका प्रहरी कार्यालय बुटवल डिएसपी मदन कुँवरले शवको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको बताएका छन्।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *