दाङ, साउन २२ । बाँकेमा हात्तीको दारासहित तीन जना पक्राउ परेका छन् ।
दाङको बबई गाउँपालिका वडा नं. ५ का ५० बर्षीय दलबहादुर सुनार, बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ३ का ८५ बर्षीय टिकाराम सुनार र सोही ठाउँका ४८ बर्षीय धनबहादुर सुनार बिहीबार हात्तीको दारासहित पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष टोलीले उनीहरुलाई बिहान ११ बजेतिर बैजनाथ गाउँपालिका ६ संझना चोकबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका ब्यक्तिको साथबाट दूई वटा हात्तीको दारा बरामद भएको थियो ।
पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार