धनगढी,असार १३ । कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका–९ का २२ वर्षीय नरेन्द्र मडै रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट पचुइबाट खटिएको टोलीले उनलाई बेलौरी नगरपालिका–८ को कालोपुलबाट पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल शैलेश्वरी गणले मडैको साथबाट ६.९० ग्राम ब्राउन सुगरसमेत बरामद गरेको जनाएको छ ।
उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।
प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार