जुम्ला,असार ११ । पहिरोले सडकमा खसालेका ठूला ढुंगा हटाइएसँगै कर्णाली राजमार्ग सहज बन्दै गएको छ ।
डिभिजन सडक कार्यालयका अनुसार जुम्ला देखि दही खोलासम्म विभिन्न ठाउँमा गएको पहिरोमा खसेका ठूला ढुंगा हटाएपछि सडक खुलाइएको हो ।
जुम्लाको रारालिही, कालिकोटको भिग्म र राँचुली क्षेत्रको सकडमा ठुलठूला ढुंगा खसेपछि बन्द भएको सडक स्काभेटर लगाएर खोलिएको छ ।
पाँच दिन लगातार ईन्जिनियर, प्राविधिकसहितको टोली खटिएर बाटो खुलाइएको कार्यालयले जनाएको हो ।
प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार