२०८१ बैशाख ८ गते शनिवार

शोकमा सल्यानका विद्यालय पनि बन्द

सल्यान, ८ पुस ।
दाङको तुलसीपुर–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटना मृत्यु भएकाहरुको शोकमा आइतबार सल्यानमा विद्यालय बन्द गरिएको छ । सल्यान कपुरकोट गाउँपालिकाकाले आफ्नो क्षेत्रमा पर्ने सम्पूर्ण विद्यालय आइतबार शोक मनाउन बन्द गरेको हो ।
गाउँपालिकाभित्र रहेका २४ वटा सामुदायिक र तीनवटा संस्थागत गरी २७ विद्यालय दुर्घटनामा मृत्यु भएका विद्यार्थी र शिक्षकको मृत्युको शोकमा बन्द गरिएका हुन् । दाङ घटनाप्रति दुःख व्यक्त गर्दै एक मिनेट मौनधारण गरी शोकसभा गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले जानकारी दिए । गाउँ शिक्षा समितिको बैठकले आइतबार शोक मनाउन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७५ पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *