२०८१ चैत्र ३ गते आइतवार

माछा मार्न विस्फोटक पदार्थ बनाउँदै गर्दा एकको मृत्‍यु

बागलुङ,चैत २० । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

विष्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ ।

स्थानीयवासी दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासि विष्फोट हुँदा दुईजना बिहीबार दिउँसो गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *