तुलसीपुर,चैत १९ । तुलसीपुर उपमहानगरपालिका ६ निवासी युवराज बस्यालका छोरा स्व निरन्जन बस्यालको पुण्य तिथिका अवसरमा हवीलचियर बितरण गरिएको छ ।
तुलसीपुर २ बालापुर निवासी कसरी नेपालु चौधरीकी छोरी १७ वर्षीय मिना चौधरीलाई एक थान ह्वील चियर बितरण गरिएको हो ।
मिना चौधरी बालापुर माविमा कक्षा ९ मा अध्यनरत छिन ।
केही महिनादेखि ह्वीलचियर नहुदाँ स्कुल जानबाट बञ्चित रहकी चौधरीलाई अपांग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कंडेलको पहलमा हस्तान्तरण गरिएको हो ।
सो अवसरमा ह्वील चियर सहयोग गर्ने स्व. निरन्जन बस्यालका आमा कमला पराजुली र बुबा युवराज बस्याललाई धन्यवाद दिइएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार