२०८१ जेष्ठ १७ गते बिहिवार

कालीमाटीमा न्यायमा जनताको पहुँच बारे अन्तरक्रिया

शंकर केसी, सल्यान, चैत्र ११ । आम सर्वसाधारणलाई न्याय प्राप्तिका निमित्त सहज बनाउन भन्दै सल्यानको कालिमाटी गाउँपालिकाले मंगलवार न्याय प्राप्ती सम्बन्धि कार्यक्रम सञ्चालन गरेको छ ।

‘विपन्नलाई आय, पीडितलाई न्याय’ भन्ने नारा सहित गाउँपालिकाले सबै वडामा न्यायमा जनताको पहुँच कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाको वडा नं ७ को घुइयाबारीमा भएको कार्यक्रममा स्थानीय सरकारको न्यायीक समितिबाट नागरिकले सहज र सरल तरिकाबाट कसरी न्याय पाउने भन्ने बारे जानकारी दिइएको थियो ।

आम महिला, गरिब, पिछडिएका वर्गले विना संकोच न्यायीक समितिमा आउने वातावरण बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कालिमाटी गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक सनशिलता वली डिसीले जानकारी दिइन् ।

कार्यक्रममा महिला तथा अन्य सहभागीहरुले अव आफुहरुलाई घर परिवार, समाज कतै पनि अन्यायमा, हिंशामा परेको महसुस भएमा न्यायालय सम्म जाने आंट आएको बताए ।

न्यायीक समितिले निष्पक्ष र छिटो छरितो तरिकाले न्याय दिनुपर्ने सुझाव सर्वसाधारण नागरिकले कार्यक्रममा व्यक्त गरेका थिए ।

वडा नं ७ का वडा अध्यक्ष नयनसिंह रानाको अध्यक्षतामा भएको कार्यक्रममा न्यायीक समितिको अधिकार क्षेत्र, न्यायमा पहुँच बारे स्थानीय तहमा देखिएका समस्या र चुनौतीहरु बिषयमा अन्तरक्रिया समेत गरिएको थियो ।

 

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *