२०८२ असार ३० गते मङ्गलवार

नेप्से साढे ८ अङ्कले बढ्यो, कारोबार रकम ४ अर्बभन्दा कम

काठमाण्डौ,पुस १३ । आइतबार ४० अङ्कले घटेको शेयर बजार सोमबार भने सामान्य बढेको छ ।

नेप्से सोमबार ८ दशमलव ५७ अङ्कले बढेर २ हजार ७ दशमलव २९ विन्दुमा पुगेको छ ।

कारोबार सुरु भएको केहीबेरमा घटेर १९ सय ८५ विन्दुसम्म झरेको नेप्से बन्द हुने बेलामा भने उकालो लागेको हो ।

उत्पादन समूहको शेयर ९५ अङ्कले बढेको छ भने निर्जीवन बीमा समूहको शेयर ७५ अङ्कले उकालो लागेको छ ।

यस्तै जीवन बीमाको २९, बैंकिङ समूहको नौ, होटलको तीन र माइक्रोफाइनान्स समूहको शेयर ६ अङ्कले बढेको छ ।

सोमबार २ सय १४ कम्पनीका ७४ लाख ९७ हजार कित्ता शेयर ३ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भए ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंक, नागरिक लगानी कोष र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ३० करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भएको छ । नारायणी विकास बैंक र सेन्ट्रल फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

समग्र बजार बढे पनि समिट लघुवित्त र समृद्धि फाइनान्सका लगानीकर्ताले तीन प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *