२०८१ बैशाख ११ गते मङ्गलवार

घोराहीमा डेरी र किराना पसलमा आगलागी

तुलसीपुर, कात्तिक १२ । घोराहीको एक डेरी र किराना पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित पाठक चोकमा निमा घर्तीको डेरी र किराना पसलमा आगलागी हुँदा २ लाख ७२ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार आगो मंगलवार बेलुका ८ बजेतिर लागेको थियो । दमलक, प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएर आगो लागि भएको हुन सक्ने अनुमान भइरहेको भएपनि घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *